Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

१३ वटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?

१३ वटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?


  • 5.2K
    Shares

    • images
    १३ वटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?
    images

    सञ्चालनमा रहेका २६ मध्ये १३ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको वित्तीय विवरणमा आधारित रहेर घोषणा गरिएको लाभांशमा सबैभन्दा बढी बैंक अफ काठमान्डू र एभरेष्ट बैंकले बोनस तथा नगद गरी २० प्रतिशतमाथिको लाभांश घोषणा गरेका हुन् । 

    बैंक अफ काठमान्डूले ६ प्रतिशत बोनस शेयर र १४.९५ प्रतिशत नगद गरि २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । यसैगरी, एभरेष्टले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद गरेर २०.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश घोषणा गरेको गर्दा ग्लोबल आइएमईले ४ प्रतिशत बोनस शेयर र १०.६० प्रतिशत नगद गरी १३.६० प्रतिशत लाभांश घोषणा गरेको छ । कुमारीले १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।     

    एनसीसी बैंकले ३.३७ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल इन्भेष्टमेन्टले ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  सानिमा बैंकले १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद गरी १०.९८ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

    नेपाल एसबीआईले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिटिजन्सले ९ प्रतिशत नगद लाभांश दिँदैछ । प्रभुले  ६.५० प्रतिशत बोनस शेयर र १.५० नगदगरी ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

    मेगाले ५ प्रतिशत बोनस शेयर र ३.३८ प्रतिशत नगद गरी ७.८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, सेञ्चुरी बैंकले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - १६:५६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij