Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कतारमा जारी विश्वकप: आज फ्रान्स-पोल्याण्ड र इङ्ग्ल्याण्ड-सेनेगल भिड्ने

कतारमा जारी विश्वकप: आज फ्रान्स-पोल्याण्ड र इङ्ग्ल्याण्ड-सेनेगल भिड्ने


  • 2.1K
    Shares

    • images
    कतारमा जारी विश्वकप: आज फ्रान्स-पोल्याण्ड र इङ्ग्ल्याण्ड-सेनेगल भिड्ने
    images

     कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ का खेलहरू हाल जारी छन्। हिजो दुई खेल सम्पन्न भए भने आज दुई खेल हुँदैछन्।

    आज पहिलो खेलमा फ्रान्स र पोल्याण्ड भिड्नेछन्। नेपाली समयअनुसार यो खेल राति ८:४५ मा रहेको छ। यस्तै राति १२:४५ मा इङ्ग्ल्याण्ड र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ।

    क्वार्टरफाइनलमा स्थान बनाउन चारै वटा टोलीबीच आज रोचक खेल हुने अनुमान गरिएको छ। यी चारमध्ये विजयी दुई टोलीले क्वार्टरफाइनलमा एकअर्काको सामना गर्नेछन्।

    क्वार्टरफाइनलको हालसम्म एक खेल तय भएको छ। जसमा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन्। 

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - १२:०७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij