Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण


  • 2.5K
    Shares

    • images
    मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण
    images

    राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८०  को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ। २३ देखि २९ असोजसम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिसँगको अन्तर्वार्तामार्फत उक्त सर्वेक्षण गरिएको राष्ट्र बैंकले बताएको छ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको नतिजाको परिणाम २० हजार ४० व्यक्तिको प्रतिक्रियामा आधारित छ। अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा ८९९ थप व्यक्ति थपिएका छन्।

    ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्।

    आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंशअसार २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै बढेको छ। खाद्य र खाद्यवस्तुको सबै उपसमूह, गैरखाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश असार, २०७९ को तुलनामा घटेको छ। 

    खाद्य र सोही समूहअन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैरखाद्य र सेवा समूहबाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताको अंश असार २०७९ को तुलनामा केही घटेको राष्ट्र बैंकले बताएको छ।

    तीन महिनापछिको मध्य र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको छ। तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ।

    प्रकाशित मिति :मंसिर १६ २०७९ शुक्रवार - १६:१५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij