Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

अनिच्छित गर्भ रोक्न के कस्तो विधि अपनाउन सकिन्छ ? के छ यसको साइड इफेक्ट ?

अनिच्छित गर्भ रोक्न के कस्तो विधि अपनाउन सकिन्छ ? के छ यसको साइड इफेक्ट ?


  • 2.5K
    Shares

    • images
    अनिच्छित गर्भ रोक्न के कस्तो विधि अपनाउन सकिन्छ ? के छ यसको साइड इफेक्ट ?
    images

    अनिच्छित गर्भ रहेमा के गर्ने ? अहिले धेरै टाउको दुखाइरहनु पर्दैन । यसका केही विकल्प छन् । खासगरी अनिच्छित गर्भबाट बच्न आकस्मिक गर्भ निरोधक चक्की सर्वत्र उपलब्ध छ । त्यसैले चिकित्सकको परामर्शविना नै जो कोहीले यस्तो चक्की सजिलै प्रयोग गर्न सक्छन् ।

    यद्यपि यो एकदमै भरपर्दो विकल्प भने होइन । यस्तो चक्की आकस्मिक रुपमा मात्र सेवन गर्नुपर्ने हुन्छ ।

    अनिच्छित गर्भबाट बच्ने उपाय

    महिलामा सामान्य चक्र १० दिनदेखि १५ दिनभित्रमा यौन सम्पर्क हुँदा गर्भ रहने सम्भावना बढी हुन्छ । यो समयमा आकस्मिक गर्भनिरोधक चक्की एउटा यस्तो उपाय हो, जसले महिलालाई असुरक्षित यौन सम्पर्क भएको वा कण्डम फुट्नु, पिल्स खान बिर्सनु आदिको अवस्थामा केही समय वा दिनभित्र प्रयोग गरेमा गर्भ रहनबाट बचाउँछ ।

    आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग आकस्मिक अवस्थामा मात्र गर्न सकिन्छ । यसअन्तर्गत प्रोस्ट्रोजेन भएको आइपिल्स र आइकोन, दैनिक खान सकिने सुनौलो गुलाफ, निलोकन ह्वाइट प्रचलनमा छन् । यी सबै हर्मोनका चक्की हुन् ।

    त्यस्तै, धेरै समयको लागि अस्थायी साधनको रुपमा कपर-टी  र जेडियल पनि उपलब्ध छन् । जेडियलमा प्रोजेस्ट्रोन भन्ने हर्मोन हुन्छ । यसको भूमिका भनेको पाँच वर्षसम्म गर्भ बस्दैन । चाहेको खण्डमा पाखुरामा राखिएको जेडियल निकाल्न पनि मिल्छ । यस्तै कपर-टी लामो समयसम्म प्रयोग गर्न सकिने सुरक्षित अस्थायी साधन हो । जसमा हर्मोन हुँदैन । यो निकै प्रभावकारी विधि हो ।

    आकस्मिक गर्भनिरोधक चक्कीको प्रभावकारिता 

    आकस्मिक गर्भनिरोधक चक्की सकेसम्म जति छिटो खायो त्यति छिटो असर गर्छ । पहिला ७२ घण्टा अवधि थियो, जुन अहिले बढाएर १२० घण्टा पुर्‍याइएको छ । त्यसैले पाँच दिनभित्रमा सेवन गर्दा गर्भ रहने सम्भावना कम हुन्छ ।

    यद्यपि यस्ता औषधिले शतप्रतिशत गर्भ रोक्छ भन्ने हुँदैन ।

    कसरी काम गर्छ ?

    जब यौन सम्बन्ध हुन्छ, तब अण्ड र शुक्रकीटको मिलन भएपछि गर्भ रहने हुन्छ । जब यौन सम्पर्कपछि निश्चित अवधिमा हामी यो चक्की खान्छौं, यसले अण्ड र शुक्रकीटलाई निषेचन हुन दिंदैन । अण्ड र शुक्रकिटको मिलन भइहालेमा पनि पाठेघरमा पुगेर गर्भ रहन दिदैन ।

    आकस्मिक औषधिले पाठेघरको मुख नजिक रहेको म्युकोजलाई बाक्लो बनाएपछि शुक्रकीट छिर्न पाउँदैन । तर यदि बच्चा बसिसकेको अवस्थामा भने आकस्मिक गर्भनिरोधक चक्कीले काम नगर्न पनि सक्छ ।

    साइड इफेक्ट

    कहिलेकाहीं प्रयोग गर्दा आकस्मिक गर्भनिरोधक चक्कीले खासै नराम्रो असर गर्दैन । केहीमा भने बान्ता हुने, पेट बाउँडिने, टाउको दुख्ने, मुड स्विङ हुने र चक्कर लाग्न सक्छ । यस्ता औषधि बढी समयसम्म प्रयोग गर्दा मोटोपन बढ्ने, महिनावारी गडबड हुने हुनसक्छ ।

    अर्को जटिल प्रकारको साइड इफेक्ट भनेको एक्टोपिक गर्भावस्था निम्त्याउन सक्छ । जुन चाहिं गर्भ रहने तर पाठेघर बाहिर बस्ने हुन्छ । यदि औषधि सेवन गर्दा पनि बच्चा बसेको छ भने पाठेघरमा नबसी बाहिर बस्छ, जसले स्वास्थ्य नै जोखिममा पर्छ । बढी मात्रामा औषधि सेवन गर्ने किशोरी र महिलामा यो समस्या पनि बढी देखिएको छ ।

    कुनै पनि आकस्मिक गर्भनिरोधक चक्की शतप्रतिशत प्रभावकारी नभएकोले गर्भ रहेमा  एक्टोपिक गर्भावस्था निम्त्याउन सक्छ । त्यसबाहेक बाँझोपन हुने सम्भावना पनि हुन्छ । इस्ट्रोजन मात्र भएको गर्भनिरोधक औषधि नसा र रगतसम्बन्धी रोग भएका तथा मुटुका बिरामीलाई दिन मिल्दैन ।

    आकस्मिक गर्भनिरोधक चक्की हर्मोनकै औषधि भएकाले यसले हर्मोन गडबडी वा महिनावरी अनियमित गराउन सक्छ । गर्भ नबसे पनि महिनावारी पर भने सार्न सक्छ । यो ३-४ महिनासम्म हर्मोन सन्तुलन नियन्त्रण हुँदैन ।

    एकै महिनामा दुई-चार पटकसम्म खान मिल्छ ?

    यो औषधि कति समयसम्म खान सकिन्छ भनेर पुष्टि भइसकेको छैन । त्यसकारण एक महिनामा यति पटक खान मिल्छ मिल्दैन भन्न सकिंदैन ।

    खानै परेमा एकपटक चिकित्सकको सल्लाह लिन राम्रो हुन्छ । जति धेरै खायो त्यति साइड इफेक्ट भने बढ्न सक्छ । महिनावारी गडबड, शारीरिक परिवर्तन, मोटोपन जस्ता धेरै समस्या उत्पन्न हुने हुँदा सकेसम्म कम खाने र खानुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

    सहज उपलब्धताका कारण सहवासपछि आकस्मिक गर्भनिरोधक चक्कीको सहारा लिने युवायुवतीको संख्या बढ्दो छ । जसकारण स्वास्थ्य जोखिम लिएर स्वास्थ्य संस्था आउने संख्या पनि बढेको छ ।

    गर्भपतनले शरीरमा गर्ने नोक्सानीबारे सचेत नहुँदा धेरैको स्वास्थ्यमा जोखिम आइरहेको छ । त्यसैले खानुपूर्व चिकित्सकको सल्लाह लिनुपर्छ ।

     

    प्रकाशित मिति :मंसिर १६ २०७९ शुक्रवार - १४:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij