Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

यी हुन् कतार विश्वकपमा नकआउट चरणमा पुगेका १० टोली

यी हुन् कतार विश्वकपमा नकआउट चरणमा पुगेका १० टोली


  • 2.3K
    Shares

    • images
    यी हुन् कतार विश्वकपमा नकआउट चरणमा पुगेका १० टोली
    images

    कतारमा जारी विश्वकप फुटबलमा समूह चरणअन्तर्गत अन्तिम चरणका खेल आधा सकिँदा नकआउट चरणमा जाने १० टोलीको टुंगो लागेको छ।

    जसमा समूह ‘ए’बाट नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका छन्। न्दरल्याण्ड्स ७ अंकसहित सममूह विजेता बनेर अन्तिम १६ मा पुगेको हो। सेनेगल भने ६ अंकसहित समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो।

    यो समूहबाट आयोजक कतार र इक्वेडर बाहिरिएका छन्। कतार अन्तिम खेलअघि नै बाहिरिएको हो। कतारले सबै ३ खेल हारेको छ। इक्वेडर भने ४ अंक जोड्नका बाबजुद समूहमा तेस्रो हुँदै बाहिरिएको हो। 

    यस्तै, समूह ‘बी’बाट इंग्ल्याण्ड र अमेरिकाले नकआउट चरणको टिकट काटे। इंग्ल्याण्ड ७ अंकसहित समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्दा अमेरिका ५ अंकसहित उपविजेता बनेको हो।  यो समूहबाट वेल्स र इरान बाहिरिएका छन्। 

    यसैगरी, समूह ‘सी’बाट अर्जेन्टिना र पोल्याण्ड प्रि–क्वार्टरफाइनलमा पुगेका छन्। अर्जेन्टिना ६ अंकसहित समूह विजेता बन्दा ४ अंक जोडेको पोल्याण्ड उपविजेता बनेको हो।

    यो समूहबाट साउदी अरेबिया र मेक्सिको बाहिरिएका छन्। एसियाली राष्ट्र साउदी अरेबिया पहिलो खेलमा दाबेदार अर्जेन्टिनालाई पराजित गर्नका बाबजुद बाँकी २ खेल हारेपछि प्रतियोगिताबाट बाहिरिएको हो। यस्तै, मेक्सिको पोल्याण्डसँग समान ४ अंक हुनका बाबजुद गोल अन्तरका आधारमा पहलो चरणबाटै बाहिरिएको हो। 

    यसैगरी, समूह ‘डी’बाट फ्रान्स र एसियाबाट छनोट भएर विश्वकप खेलेको अष्ट्रेलिया अन्तिम १६ मा पुगेका छन्। फ्रान्स ६ अंकसहित समूह विजेता बन्दा अष्ट्रेलिया ६ अंक बनाउनका बाबजुद गोल अन्तरमा पछि पर्दै उपविजेता बनेको छ।

    यो समूहबाट डेनमार्क र ट्युनिसिया बाहिरिएका छन्। साविक विजेता फ्रान्सलाई अन्तिम खेलमा पराजित गर्नका बाबजुद ट्युनिसिया बाहिरिएको हो।

    अब समूह ‘ई’, ‘एफ’, ‘जी’ र ‘एच’का अन्तिम खेलहरू हुन बाँकी छन्। तर, समूह ‘जी’ र ‘एच’बाट एक खेलअगावै ब्राजिल र पोर्चुगल अन्तिम १६ मा पुगिसकेका छन्। सबै १६ टोलीको टुंगो शुक्रबार मध्यराति लाग्नेछ। 

    त्यस्तै, ‘एफ’मा रहेको क्यानडा असअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ। यससँगै ९ वटा देश प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

    073154789wc.jpg

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १३:३०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij