Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कतारमा जारी विश्वकप: आज कुन-कुन टोलीबीच खेल हुँदैछन् ?

कतारमा जारी विश्वकप: आज कुन-कुन टोलीबीच खेल हुँदैछन् ?


  • 2.1K
    Shares

    • images
    कतारमा जारी विश्वकप: आज कुन-कुन टोलीबीच खेल हुँदैछन् ?
    images

    कतारमा जारी विश्वकपमा केही टोली अन्तिम १६ मा पुगिसकेका छन् भने केही टोलीले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ। यस्तै आज विश्वकपमा समूह चरणका दुई खेल हुँदैछन् भने राति १२ बजेपछि अरू दुई खेल हुँदैछन्।

    आज राति ९:४५ मा समूह 'एफ' का चार टोली भिड्दैछन्। बेल्जियमले क्रोएसियाको सामना गर्दैछ भने क्यानडाले मोरक्कोको सामना गर्नेछ।

    यो समूहमा हाल क्रोएसिया समूहको शीर्ष स्थानमा छ भने मोरक्को दोस्रो स्थानमा छ। बेल्जियम एक खेलमा हार व्यहोर्दै तेस्रो स्थानमा हुँदा क्यानडा जितविहीन हुँदै समूहको अन्तिममा छ।

    यस्तै रातिको १२ बजेपछि पनि दुई खेल हुँदैछन्। एकै समय (१२:४५)मा जापानविरुद्ध स्पेन र कोस्टारिकाविरुद्ध जर्मनी भिड्नेछन्।

    यो समूह 'ई' मा हाल अंकतालिकामा स्पेन एक जित र एक बराबरीसहित शीर्ष स्थानमा छ। यस्तै जापान एक जित र एक हारसहित दोस्रो स्थानमा छ।

    कोस्टारिका एक जित र एक हारसहित तेस्रो हुँदा जर्मनी भने एक हार र एक बराबरीसहित समूहको पुछारमा छ।

    यी दुवै टोलीको आज समूह चरणअन्तर्गतका अन्तिम खेल हुन्। आजको खेलले दुवै समूहको विजेता र उपविजेता टुङ्गो लगाउँदै अन्तिम १६ मा पुग्ने टोली तय गर्नेछ।

    प्रकाशित मिति :मंसिर १५ २०७९ बिहिवार - १२:२०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij