२०८२ माघ ८ गते बिहिवार
मेगा बैंक नेपाल लिमिटेडले वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो (मंसिर १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ७.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश (करसहित) छन्।
बोनस शेयर जारी गरेपश्चात बैंकको पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सोही सभाले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रयोजनका लागि संयुक्त मर्जर समितिको सिफारिसमा बैंकका सञ्चालक समितिले स्वीकृत गरेको १००ः९० शेयर स्वाप रेसियोसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैरीले विशेष प्रस्तावका रुपमा राखिने इन्भेस्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया सम्बन्धमा भएका डीडीए रिपोर्ट, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायत सम्पूर्ण कामकारबाही पनि सभाले अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले यही मंसिर २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij