Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

४ महिनामा वाणिज्य बैंकहरुले दिए जम्मा ४७ अर्ब कर्जा, कुन बैंकले कति ?

४ महिनामा वाणिज्य बैंकहरुले दिए जम्मा ४७ अर्ब कर्जा, कुन बैंकले कति ?


  • 2.0K
    Shares

    • images
    ४ महिनामा वाणिज्य बैंकहरुले दिए जम्मा ४७ अर्ब कर्जा, कुन बैंकले कति ?
    images

    चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले थप ४७ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन् । असार मसान्तसम्म यी बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा कात्तिक मसान्तसम्म ४२ खर्ब २२ अर्ब प्रवाह भएको छ ।

    चालु आर्थिक वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२.६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन वाणिज्य बैंकहरुले मात्रै सवा ५ खर्ब रुपैयाँ प्रवाह गर्नुपर्छ । तर सुरुवाती ४ महिनामा जम्मा ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुले लक्ष्य भेटाउन नसक्ने देखिएको छ । लक्ष्य भेटाउन ४ महिनामा औसत १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्छ ।

    बैंकहरुको निक्षेप संकलनमा आएको सुस्तताको असर कर्जा प्रवाहमा देखिएको छ । ४ महिनामा जम्मा २२ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ । असार मसान्तसम्म कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रहेकोमा कात्तिक मसान्तसम्म आउँदा ४५ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ ।

    नेपाल बैंकर्स एसोसिएसनका अनुसार यो ४ महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । सो बैंकले मात्रै ४ महिनाको अवधिमा ११ अर्ब १७ करोड रुपैयाँ कर्जा वृद्धि गरेको हो । केही बैंकको कर्जा प्रवाह असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म आउँदा घटेको छ । सो अवधिमा एनसीसी बैंकको कर्जा सबैभन्दा धेरै ९ अर्ब ४२ करोडले घटेको छ ।

    कुन बैंकले कति बढाए कर्जा ?

    बैंक

    कर्जा असार मसान्त

    कर्जा कात्तिक मसान्त

    फरक रकम

    कृषि विकास

    १ खर्ब ७८ अर्ब ५५ करोड

    १ खर्ब ७७ अर्ब ९३ करोड

    –६२ करोड

    बीओके

    १ खर्ब ६ अर्ब ७२ करोड

    १ खर्ब ५ अर्ब १२ करोड

    –१ अर्ब ६० करोड

    सेन्चुरी

    ९१ अर्ब ४७ करोड

    ८७ अर्ब ६१ करोड

    –३ अर्ब ८६ करोड

    सिटिजन्स

    १ खर्ब ३५ अर्ब ७७ करोड

    १ खर्ब ४० अर्ब २० करोड

    ४ अर्ब ४३ करोड

    सिभिल

    ८७ अर्ब १८ करोड

    ८७ अर्ब ३३ करोड

    १५ करोड

    एभरेस्ट

    १ खर्ब ५४ अर्ब ५५ करोड

    १ खर्ब ५८ अर्ब ३ करोड

    ३ अर्ब ४८ करोड

    ग्लोबल

    २ खर्ब ७२ र्ब २१ करोड

    २ खर्ब ७३ अर्ब ५५ करोड

    १ अर्ब ३४ करोड

    हिमालयन

    १ खर्ब ५६ अर्ब ४५ करोड

    १ खर्ब ६२ अर्ब २२ करोड

    ५ अर्ब ७७ करोड

    कुमारी

    १ खर्ब ५९ अर्ब ४४ करोड

    १ खर्ब ६१ अर्ब ३१ करोड

    १ अर्ब ८७ करोड

    लक्ष्मी

    १ खर्ब ३२ अर्ब ५७ करोड

    १ खर्ब ३१ अर्ब ६२ करोड

    –९५ करोड

    माछापुच्छ्रे

    १ खर्ब २९ अर्ब ६१ करोड

    १ खर्ब ३४ अर्ब ५४ करोड

    ४ अर्ब ९३ करोड

    मेगा

    १ खर्ब ५० अर्ब ४ करोड

    १ खर्ब ५३ अर्ब ४ करोड

    ३ अर्ब

    नबिल

    ३ खर्ब ९ अर्ब ६ करोड

    ३ खर्ब १५ अर्ब ८२ करोड

    ६ अर्ब ७६ करोड

    नेपाल

    १ खर्ब ८० अर्ब ८२ करोड

    १ खर्ब ७८ अर्ब ६ करोड

    –२ अर्ब ७६ करोड

    एनसीसी

    १ खर्ब २६ अर्ब ९३ करोड

    १ खर्ब १७ अर्ब ५१ करोड

    –९ अर्ब ४२ करोड

    इन्भेस्टमेन्ट

    १ खर्ब ६८ अर्ब १६ करोड

    १ खर्ब ७९ अर्ब ३३ करोड

    ११ अर्ब १७ करोड

    एनआईसी

    २ खर्ब ६८ अर्ब २४ करोड

    २ खर्ब ७० अर्ब ९३ करोड

    २ अर्ब ६९ करोड

    एनएमबी

    १ खर्ब ८२ अर्ब ९ करोड

    १ खर्ब ८८ अर्ब ३८ करोड

    ६ अर्ब २९ करोड

    एसबीआई

    १ खर्ब १० अर्ब ६९ करोड

    १ खर्ब १७ अर्ब ६३ करोड

    ६ अर्ब ९४ करोड

    प्रभु

    १ खर्ब ५० अर्ब ४१ करोड

    १ खर्ब ५५ अर्ब ८१ करोड

    ५ अर्ब ४० करोड

    प्राइम

    १ खर्ब ५४ अर्ब ९५ करोड

    १ खर्ब ५४ अर्ब २० करोड

    –७५ करोड

    राष्ट्रिय वाणिज्य

    २ खर्ब २८ अर्ब ६५ करोड

    २ खर्ब २७ अर्ब ५९ करोड

    –१ अर्ब ६ करोड

    सानिमा

    १ खर्ब ४० अर्ब ८३ करोड

    १ खर्ब ४७ अर्ब ७१ करोड

    ६ अर्ब ८८ करोड

    सिद्धार्थ

    १ खर्ब ८६ अर्ब ९ करोड

    १ खर्ब ८३ अर्ब ७८ करोड

    –२ अर्ब ३१ करोड

    स्टान्डर्ड

    ८९ अर्ब ५९ करोड

    ८९ अर्ब ३२ करोड

    –२७ करोड

    सनराइज

    १ खर्ब २३ अर्ब ७७ करोड

    १ खर्ब २३ अर्ब १ करोड

    –७६ करोड

     

     

     

    प्रकाशित मिति :मंसिर ११ २०७९ आइतवार - १६:००:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij