Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित काठमाडौंबाट ७१ जना बन्दकर्ता समातिए, चोकचोकमा प्रहरी परिचालन

हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित काठमाडौंबाट ७१ जना बन्दकर्ता समातिए, चोकचोकमा प्रहरी परिचालन


  • 7.5K
    Shares

    • images
    हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित काठमाडौंबाट ७१ जना बन्दकर्ता समातिए, चोकचोकमा प्रहरी परिचालन
    images

    काठमाडौं । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै बन्द गराउन सड्कमा निस्केका प्रहरीले ७१ जनालाई पक्राउ गरिएको छ ।

    बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले बताए । कलंकीबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको छ ।

    आमहड्ताल गराउन शान्तिबाटीकामा नेकपाका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा ४० जनाको समूह निस्केको छ । सातदोबाटोमा देव गुरुङ र गोंगबुमा हिमाल शर्माको नेतृत्वमा प्रदर्शन गरिएको छ ।

    आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - ०७:५९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij