Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

१० प्रतिशतले बढ्यो एनआईसी एसिया बैंकको निक्षेप, कर्जा लगानी कति ?

१० प्रतिशतले बढ्यो एनआईसी एसिया बैंकको निक्षेप, कर्जा लगानी कति ?


  • 2.2K
    Shares

    • images
    १० प्रतिशतले बढ्यो एनआईसी एसिया बैंकको निक्षेप, कर्जा लगानी कति ?
    images

    एनआईसी एसिया बैंकको निक्षेप १० प्रतिशतले बढेको छ । असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म निक्षेप १०.४४ प्रतिशतले बढेको नेपाल बैंकर्स संघको तथ्यांकमा देखिएको छ ।

    साउन मसान्तसम्म यस बैंकको निक्षेप ३ खर्ब ५ अर्ब १३ करोड रुपैया रहेकोमा भदौमा बढेर ३ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ पुगेको थियो । तर असोजमा भने बैंकको निक्षेप केही घटेर ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ कायम भयो । कात्तिकमा पनि निक्षेप घटेको देखिन्छ ।

    कात्तिकमा ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन भएको बैंकर्स संघको तथ्यांकमा छ । असार मसान्तमा बैंकको निक्षेप २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँलाई आधार मान्दा भने कात्तिकसम्ममा १० प्रतिशतले निक्षेप बढेको हो । तर असोजको तुलनामा कात्तिकमा भने २.७६ प्रतिशतले निक्षेप घटेको हो ।

    यता कर्जा प्रवाह पनि असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म २.१९ प्रतिशतले बढेको देखिन्छ । यद्यपि असोजको तुलनामा भने कात्तिकमा २.१९ प्रतिशतले कर्जा घटेको छ ।

    हाल यस बैंकको कात्तिकसम्ममा २ खर्ब ७० अर्ब ९३ करोड रुपैयाँ लगानीमा रहेको देखिन्छ । साउनमा २ खर्ब ६५ अर्ब ५९ करोड रुपैयाँ कुल कर्जा प्रवाहमा रहेकोमा भदौमा आइपुग्दा २ खर्ब ७१ अर्ब ३२ करोड रुपैयाँ कर्जा विस्तार भयो ।

    यस्तै असोजमा आइपुग्दा २ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानीमा रहेको देखिन्छ । कात्तिकमा २ खर्ब ७० अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

    प्रकाशित मिति :मंसिर ११ २०७९ आइतवार - १२:५६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij