Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मुख्य प्रशिक्षक लगायत विभिन्न पदका लागि एन्फाले खोल्यो विज्ञापन

मुख्य प्रशिक्षक लगायत विभिन्न पदका लागि एन्फाले खोल्यो विज्ञापन


  • 2.5K
    Shares

    • images
    मुख्य प्रशिक्षक लगायत विभिन्न पदका लागि एन्फाले खोल्यो विज्ञापन
    images

    अखिल नेपाल फुटबल संघ (एन्फाले) मुख्य प्रशिक्षक लगायत विभिन्न पदका लागि विज्ञापन खोलेको छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा पछि नेपाली टोली प्रो लाइन्सेन्स प्राप्त प्रशिक्षक बिनै चलिरहेकोमा एन्फाले विज्ञापन खोलेको हो।

    विवादित प्रशिक्षक अलमुताइरीले राजीनामा दिएपछि बंगलादेशसँगको मैत्रीपूर्ण सिरिजमा प्रदीप हुमागाइ र पाकिस्तानसँगको खेलमा प्रवेश कटुवालले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए।

    एन्फाले जारी गरेको विज्ञापनमा प्रो लाइसेन्स प्राप्त र अन्य देशको राष्ट्रिय टोली (महिला/पुरुष) सम्हालिसकेको प्रशिक्षक आवश्यक परेको जनाइएको छ। त्यस्तै स्वस्थ, अनुशासित, नेपाली फुटबलबारे जानकार, फुटबल कम्युनिटीमा राम्रो सम्पर्क भएकोलगायत योग्यतामा भनिएको छ।

    मुख्य प्रशिक्षक बाहेक टेक्निकल डाइरेक्टर, सिभिल इन्जिनियर, जुनियर एकाउन्टेन्ट, हेड अफ प्रोक्युरमेन्ट र फाइनाइन्स डिरेक्टरमा आवेदन मागिएको छ। जसमा १ वर्षदेखि ३ वर्षसम्मको अनुभव आवश्यक भएको उल्लेख छ।

    हेर्नुस एन्फाको विज्ञनपन 

    प्रकाशित मिति :मंसिर ८ २०७९ बिहिवार - १४:१७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij