Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमाथि राष्ट्र बैंकले माग्यो सुझाव

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमाथि राष्ट्र बैंकले माग्यो सुझाव


  • 2.9K
    Shares

    • images
    चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमाथि राष्ट्र बैंकले माग्यो सुझाव
    images

    नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन सम्बन्धमा बैंक तथा वित्तीय संस्थासँग सुभाव मागेको छ। बुधबार सूचना जारी गर्दै उक्त मार्गदर्शन कार्यान्वयनका क्रममा देखिएको समस्या भए १० दिनभित्र सुझाब दिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन गरेको हो।

    राष्ट्र बैंकले सुचनामा भनेको छ, ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागू भएको एक महिना व्यतित भएको हुँदा कार्यविधि कार्यान्वयनको क्रममा कुनै समस्या वा दुविधा देखिएको भए आउँदो मंसिर १० भित्र राष्ट्र बैंकमा जानकारी गराउनू।’ 

    चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू हुँनेगरी ल्याएको थियो। तर, मार्गदर्शनका केही व्यवस्था निजी क्षेत्रको हितविपरीत भएको भन्दै तिनलाई संशोधन गर्नुपर्ने माग निजी क्षेत्रका छाता संगठनहरूले राख्दै आएका थिए। 

    राष्ट्र बैंकले निजी क्षेत्रका मागको बेवास्ता गर्दै मार्गदर्शन कार्यान्वयनमा ल्याएपछि त्यसलाई स्थगनको माग गर्दै निजी क्षेत्रका संघ–संस्था आन्दोलनमा उत्रिएका छन्।

     

    NRB_notice_11668663708.jpg
     
     

    NRB_notice_21668663708.jpg

    प्रकाशित मिति :मंसिर १ २०७९ बिहिवार - ११:५६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij