Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाल इन्भेष्टमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश, बोनस कति?

नेपाल इन्भेष्टमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश, बोनस कति?


  • 1.9K
    Shares

    • images
    नेपाल इन्भेष्टमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश, बोनस कति?
    images

    नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    यद्यपि, लाभांश भने राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको साधारण सभाले पारित गरेपछि सदस्यहरूमा वितरण हुनेछ ।  प्रस्तावित ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रूपैयाँ बराबरको बोनस सेयर बाँड्ने छ भने बैंकले १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रूपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

    अघिल्लो वर्ष बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत गरी कुल १६ प्रतिशत लाभांश बाँडेको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष बैँकको लाभांश घटेको छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०७९ बुधवार - ११:३०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij