Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

१३ अर्ब ८५ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

१३ अर्ब ८५ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक


  • 2.7K
    Shares

    • images
    १३ अर्ब ८५ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका कुल १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

    बैंकको सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ भने बिक्री कात्तिक २९ गते मंगलबार हुनेछ । 

    २८ दिन र ९१ दिनका लागि समान २÷२ अर्ब रुपैयाँ छुट्याएको छ भने ९१ दिनका लागि बैंकले ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी छुट्याएको छ । यसअघि राष्ट्र बैंकले गत कात्तिक २१ गते १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक २८ २०७९ सोमवार - ११:१२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij