Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

३० अर्बको ट्रेजरी साेझै खरिद गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

३० अर्बको ट्रेजरी साेझै खरिद गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल


  • 2.2K
    Shares

    • images
    ३० अर्बको ट्रेजरी साेझै खरिद गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल
    images

    नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल साेझै खरिद गर्ने भएको छ । ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज (कार्तिक २४ गते, बिहीबार) दिउँसाे २ बजेसम्म बाेलकबाेलमा भाग लिन सक्नेछन् । याे ट्रेजरी बिल भाेलि (कार्तिक २५ गते, शुक्रबार) खरिद गरिनेछ ।

    काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्नेछ । काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्नेछ । (उदाहरण: रु. १०० को ट्रेजरी बिल्स कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने) काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण रु. १ करोड वा रु. १ करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्नेछ ।

    त्यसैगरी, काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्स सबैभन्दा कम बोलमूल्य क्रमको आधारमा बहुमूल्यमा यस बैंकले खरिद गर्न सक्नेछ । बोलकबोलमा संलग्न काउण्टरपार्टीले आज बिहिबार दिनको २:१५ बजेभित्र बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति यस बैंकमा बिक्रीका लागि दाखिला गर्नुपर्ने छ र तोकिएको समय सीमाभित्र यस्ता ट्रेजरी बिल्स दाखिला नगर्ने काउण्टरपार्टीलाई बोल मूल्यको २.५० प्रतिशतका दरले हर्जाना सहित आगामी ६ महिनासम्म खुला बजार तथा व्याजदर कोरिडोरसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाउन सकिनेछ ।

    बोलकबोलको बाँडफाँडमा Cut-off Rate लगाउने, पूर्ण वा आंशिक बोलकबोल आव्हान रकम स्वीकार वा अस्वीकार गर्ने लगायतका अधिकार समितिमा निहित रहने सूचनामा उल्लेख गरिएकाे छ ।

    636c8d51eb620.jpg

    प्रकाशित मिति :कार्तिक २४ २०७९ बिहिवार - ११:५५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij