Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भलिबलको वार्षिक क्यालेन्डर सार्वजनिक, नेपाल सुपर लिग फागुनमा

भलिबलको वार्षिक क्यालेन्डर सार्वजनिक, नेपाल सुपर लिग फागुनमा


  • 2.3K
    Shares

    • images
    भलिबलको वार्षिक क्यालेन्डर सार्वजनिक, नेपाल सुपर लिग फागुनमा
    images

    नेपाल भलिबल संघ (एनभिएल)ले आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । नवनिर्वाचित जितेन्द्रबहादुर चन्द नेतृत्वको केन्द्रीय कार्यसमितिले २०७९÷८० को कार्यक्रम सार्वजनिक गरेको हो ।

    बुधबार सार्वजनिक कार्यक्रममा घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिता, रेफ्री कोर्ष रहेका छन् । पहिलो पटक हुने भएको फ्रेन्चाइज नेपाल सुपर लिगको समेत समय तोकिएको छ ।

    नेपालले यु२३ एसियन सेन्ट्रल जोन पुरुष भलिवलबाट सुरु गरेर ८० सालमा हुने राष्ट्रिय रेफ्री कोर्षसम्म रहेको छ । यसैगरी, काभा एसियन महिला तथा पुरुष बिच भलिबल, काभा अन्तर्राष्ट्रिय महिला पुरुष, थ्री नेसन्स श्रृंखला, १९औँ एसियन गेम्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेलिरहेका छन् ।

    घरेलु प्रतियोगितातर्फ सातौैं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप, एनएसएल महिला तथा पुरुष लिग ९२०७९०, सातौं आरबिबी एनभिए महिला तथा पुरुष लिग, यु १५ महिला तथा पुरुष प्रतियोगिता, आठौ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, ३४औं राष्ट्रिय पुरुष तथा २५औं महिला राष्ट्रिय भलिबल प्रतियोगिता, बीच भलिबल प्रतियोगिता, एनएसएल महिला तथा पुरुष भलिबल ९२०८०० रहेको छ ।

    प्रकाशित मिति :कार्तिक २३ २०७९ बुधवार - १४:५४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij