Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुनको भाउ आज एकैदिनमा नै तोलामा १४ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिनमा नै तोलामा १४ सय रुपैयाँले बढ्यो


  • 2.9K
    Shares

    • images
    सुनको भाउ आज एकैदिनमा नै तोलामा १४ सय रुपैयाँले बढ्यो

    काठमाण्डाै/ सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । गएको आइतबार पनि सुनको भाउ एकै दिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको थियो । आइतबार सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी हिजो र अस्ती तोलामा एक हजार दुई सय ६५ रुपैयाँमा किनबेच भएको थियो । आज तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार चाँदी तोलामा एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :कार्तिक २३ २०७९ बुधवार - ११:१३:४० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij