Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

१८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • 2.2K
    Shares

    • images
    १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंकले सोमबार (आज) १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

    राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी मंसिर २० गते परिपक्व हुनेछ । ९१ दिन अवधिको ट्रेजरी माघ २४ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते परिपक्व हुनेछ । यसअघि बैंकले ९१ अवधिको ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १ अर्ब ५६ करोड रुपैयाँ गरी कुल १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

    ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

    प्रकाशित मिति :कार्तिक २१ २०७९ सोमवार - ११:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij