२०८२ भाद्र १० गते मंगलवार
सरकारले स्वास्थ्य मन्त्रालय अन्तरगतका स्थायी डाक्टरलाई पनि शान्ति मिसनमा पठाउने भएको छ। रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको छ।
मन्त्रालयले हिजो सूचना निकाल्दै एक वर्षे मिसनका लागि लिविया जान चाहने जनरल सर्जनले १६ कात्तिक सम्ममा सम्पर्क गर्न भनेको छ। सूचनामा एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरगर्तको स्थायी कर्मचारी हुनुपर्ने र कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने उल्लेख गरेको छ।
यसअघि शान्ति मिसनमा रक्षा मन्त्रालय अन्तरगर्तको नेपाली सेना र गृह मन्त्रालय अन्तरगर्तको सशस्त्र र जनपद प्रहरीका सहभागी हुन्थे। चिकित्सा तर्फ पनि प्राविधिक सेना, प्रहरी र सशस्त्र प्रहरी खटिन्थे।
इच्छुकले info@mohp.gov.np मा यही १६ गतेसम्म आवेदन दिन सक्ने छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij