Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

टोखा हत्याकाण्डको छानबिन गर्न नसकेको प्रहरीले स्वीकार्यो, घटना यसरी भयो झन् रहस्यमय 

टोखा हत्याकाण्डको छानबिन गर्न नसकेको प्रहरीले स्वीकार्यो, घटना यसरी भयो झन् रहस्यमय 


  • 8.2K
    Shares

    टोखा हत्याकाण्डको छानबिन गर्न नसकेको प्रहरीले स्वीकार्यो, घटना यसरी भयो झन् रहस्यमय 

    काठमाडौं । उमेश केसीको हत्या र सुदीक्षा गिरी मृत्युको रहस्य खुलाउन नसकिने निष्कर्षमा प्रहरी पुगेको छ ।

    २५ पुसमा टोखास्थित ग्रिन भिल्ला कोलोनीको ‘२४ डी’ को घरभित्र दम्पति उमेश केसीको हत्या र सुदीक्षा गिरी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानले सुदीक्षाले नै उमेशको हत्यापछि आत्महत्या गरेको देखाएको छ । हत्याको खास कारण खोज्न प्रहरीले उमेश र सुदीक्षा दुवैले प्रयोग गर्ने आइफोन प्रहरीको फरेन्सिक डिजिटल ल्याबमा पठाएको थियो । यस्तै सुदीक्षाको गर्भमा रहेको भ्रूणको डीएनए परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोग शाला (नास्ट) पठाइएको थियो ।

    तर, डिजिटल ल्याबमा पठाइएको आइफोनको ‘लक’ खुल्न नसकेको प्रहरीले जनाएको छ । आइफोनमा उनीहरू दुवैले आफ्नो ‘फेस लक’ राखेकाले लक खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    यस्तै सुदीक्षाको गर्भमा रहेको भ्रूणको डीएनए परीक्षण सम्भव नहुने रिपोर्ट विधिविज्ञान प्रयोगशालाले दिएको छ ।  सुदीक्षाले नै उमेशको हत्या गरेको निष्कर्ष निकाल्दै अब बाँकी अनुसन्धानका लागि आइफोन विदेश पठाउनेबारे कुनै प्रक्रिया अघि नबढाइएको प्रहरीको भनाइ छ । 

    पोष्टमार्टम रिपोर्ट र प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा दम्पतिबाहेक अरु तेस्रो व्यक्तिको भूमिका(संलग्नता केही नदेखिएको प्रहरीले बताउँदै आएको छ । ललितपुरका उमेश र नेपालगञ्जकी सुदीक्षबीच ६ वर्ष पहिले प्रेम विवाह भएको थियो ।विहेपछि अमेरिका बस्दै आएका उमेश दशैं मनाउन काठमाडौं आएका थिए ।

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १३:३४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij