Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदै

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदै


  • 2.5K
    Shares

    • images
    कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदै
    images

    सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरगत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन  ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ ।

    भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई जानकारी कार्यक्रम सञ्चालनका लागि जानकारी गराएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बताए । 

    प्रकाशित मिति :आश्विन २५ २०७९ मंगलवार - १०:१८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij