२०८२ माघ ९ गते शुक्रवार
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्लेखोला, फुटुङमा बर्डफ्लु देखिएपछि साढे २५ सय पन्छी नष्ट गरिएको छ।
पशु सेवा विभागका अनुसार स्थानीय कृषकले पालेका हाँस, बट्टाई, कुखुरा र टर्की नष्ट पारिएको हो।
रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिसकिएको विभागले जनाएको छ।
यस क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागले जनाएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij