Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

खोप अभियानको दोस्रो दिन : २८ हजार ७३२ले लगाए कोरोना विरुद्धको खोप

खोप अभियानको दोस्रो दिन : २८ हजार ७३२ले लगाए कोरोना विरुद्धको खोप


  • 8.9K
    Shares

    खोप अभियानको दोस्रो दिन : २८ हजार ७३२ले लगाए कोरोना विरुद्धको खोप

    काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन बिहीबार २८ हजार ७३२ जनाले खोप लगाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७७ जिल्लाका २८ हजार ७३२ जना व्यक्तिले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका हुन् ।

    खोप अभियानको दोस्रो दिन बिहीबार सबैभन्दा धेरै बागमती प्रदेशमा खोप लगाइएको छ । बागमती प्रदेशमा बिहीबार ११ हजार ४६१ जनाले खोप लगाएका छन् ।

    यस्तै प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३०३, कर्णाली प्रदेशमा १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४१२७ जनाले खोप लगाएका छन् ।

    यसअघि कोरोना भाइरस विरुद्धको खोप अभियानको पहिलो दिन बुधबार ९ हजार ८४ जनाले खोप लगाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाएका कुनै पनि व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन ।

    भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप स्वास्थ्य मन्त्रालयले पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिहरुलाई लगाइएको छ ।

    सरकारले खोप अभियानमा  स्वास्थ्यकर्मीहरु, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरु, एम्बुलेसन्स तथा शव वाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरु, शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरु, महिला स्वास्थ्य स्वयं सेवकहरु,अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, वृद्धाचश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारीहरु र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरु पहिलो प्राथमिकतामा रहेका छन् ।

    pp.jpg

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १६:४५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij