Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

भीसीटीएस नमान्ने १९ कम्पनी कारबाहीमा : २४ लाख जरिवाना, एउटैले १० लाखसम्म तिर्यो

भीसीटीएस नमान्ने १९ कम्पनी कारबाहीमा : २४ लाख जरिवाना, एउटैले १० लाखसम्म तिर्यो


  • 7.7K
    Shares

    भीसीटीएस नमान्ने १९ कम्पनी कारबाहीमा : २४ लाख जरिवाना, एउटैले १० लाखसम्म तिर्यो

    काठमाडौं । भीसीटीएस प्रणाली नमान्ने १९ कम्पनी कारबाहीमा परेका छन् । राजस्व अनुसन्धान विभगले  प्रणालीको अबलम्बन गर्ने १९ फर्म विरुद्ध नगद जरिवाना गरेको हो । 

    विभागले सबैभन्दा धेरै १० लाखसम्म जरिवाना गरेको छ । यो जरिवाना बंगलामुखी स्टोरलाई लगाइएको हो ।

    यस्तै मोर्डन स्लिपर इण्डष्ट्रिज प्रा.लि., शुभ इन्टरनेशनल गार्मेन्ट र ओम श्री मच्छिन्द्रनाथ ईट्टा उद्योग लगायत कम्पनीलाई पनि जरिवाना गरिएको छ । विभागले २ वर्षअघि सञ्चालनमा ल्याएको भीसीटीएस प्रणालीमा २ लाख भन्दा बढी ट्रकहरु आवद्ध भैसकेका छन् ।

    यस्तै ३४ खर्ब बराबरको कारोबार इन्ट्री भएको छ । एक वर्षमा विभागले ८५ वटा कम्पनीलाई अनुसन्धान गरेको थियो जसमा १९ वटा कम्पनीलाई कारबाही गरिएको हो । 

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १६:३९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij