Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

खोटाङमा आगोले जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

खोटाङमा आगोले जलेर १०१ वर्षीया वृद्धाको मृत्यु


  • 9.7K
    Shares

    खोटाङमा आगोले जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

    खोटाङ । खोटाङस्थित खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगोले जलेर गम्भीर घाईते भएकी एक सय एक बर्षिया बृद्दाको मृत्यू भएको छ । आगोले जलेर गम्भीर घाईते भएकी धनमुढाकी जेष्ठ महिला हिमादेवी अधिकारीको मृत्यू भएको हो ।

    शुक्रबार बिहान गाईबस्तुलाई खोले पकाउनका लागि बालेको आगो ताप्नेक्रममा शरीरमा आगो लाग्दा गम्भीर घाईते भएकी अधिकारीको केही घण्टापछि मृत्यु भएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताउनुभयो । वृद्धा अधिकारी गाउँपालिकाभरीकै सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा सम्मानित व्यक्ती हुन् ।

    ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवशरमा गत असोज १५ गते खोटेहाङ गाउँपालिकाले गाउँपालिभरीकै सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा हिमादेवीलाई सम्मान गरेको थियो ।

    आफन्त नभएकी बृद्धा स्थानीय रामप्रसाद पौडेलको घरमा बस्दै आउनुभएको थियो । बृद्दाको शरीरमा लगाएको लुगाबाट शरीरमा आगो लागेको अनुमान गरिएको छ । लुगा डढेको गन्धका आधारमा आफन्तले बृद्दालाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।

    शरीरका केही ठाउँ बाहेक सबै भागको छाला जलेका कारण छटपटाइरहेका अधिकारीलाई स्वास्थ्यकर्मी लगेर स्लाइन चढाउँन खोज्दा स्लाइन नचढेको वडाध्यक्ष फुयाँलको भनाई छ । जलेर शरीरको छाला पिल्सिएका अधिकारीलाई आगोबाट उद्धार गरेपछि केराको पातले शरीर ढाकेर राखिएको थियो । प्रहरीले भने घटनाको पूष्टी गर्न बाँकी रहेको जनाएको छ ।

     

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १६:०५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij