Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक


  • 2.3K
    Shares

    • images
    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक
    images

    गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।

    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका माझ प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन्। 

    सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो। करिब १० लाख रुपैयाँ खर्च गरेर बनाईएको रनिङ ट्रफी लगातार तिन संस्करण विजेता टोलीले स्थायी रुपमा पाउनेछ। ट्रफिमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ।

    ट्रफिको डिजाइन नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठले गरेका हुन्। नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याईने छ। 

    राष्ट्रिय खेलकुद परिषद ९राखेप० ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टुर कार्यदल गठन गरेको छ।

    कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका छन्।  

    असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एक एनआरएनए गरि ११ टिमले सहभागिता  जनाउने छन्। 

    ट्रफी टुर 
    भदौ ३१ गते सुदुरपश्चिम प्रदेशमा लगिने (बिहान ८ बजे मुख्यमन्त्रीबाट सार्वजनिक गरिने)

    असोज २ गते लुम्बिनी प्रदेशमा लगिने (मुख्यमन्त्रीबाट सार्वजनिक गरि मायादेवी मन्दिरमा फोटो सेसनमा राखिने)

    असोज ३ गते बागमती प्रदेशको हेटौंडामा राखिने  

    असोज ७ गते नेपाली सेनाको मुख्यालय भद्रकालीमा राखिने 

    असोज ८ गते प्रदेश १ मा लगिने

    असोज ९ गते नेपाल पुलिस क्लबको हेडक्वाटर नक्साल र सोही दिन सशस्त्र प्रहरी बल ९एपीएफ० को मुख्यालय हल्चोकमा राखिने 

    असोज ११ गते कर्णाली प्रदेशमा लगिने 

    असोज १३ गते मधेश प्रदेशमा लगिने जानकी मन्दिरमा राखिने

    असोज २३ गते गण्डकी प्रदेशमा बाजागाजासहित नगर परिक्रमा गरि २८ असोजमा उद्घाटनमा पुनः रंगशाला राखिने।

    प्रकाशित मिति :भाद्र ३१ २०७९ शुक्रवार - १५:०४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij