Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कोभिड जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित

कोभिड जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित


  • 7.2K
    Shares

    कोभिड जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित

    काठमाडौँ । जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । वीर अस्पतालमा कोरोना भाइरस कोभिड-१९ संक्रमितको उपचारमा खटाएका २०० जना आवासीय चिकित्सकहरूले बिहीबार आन्दोलन गरेका हुन् ।

    आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका अन्य सेवामा सरिक नभइ अस्पताल परिसरमा धर्ना दिएका छन् । संक्रमितहरूको उपचारमा खटिएका आवासीय चिकित्सकलाई कोभिड—१९ जोखिम भत्ता नदिएपछि आन्दोलित भएका हुन् । 

    अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारी कोभिड बिरामीको उपचारमा संलग्न भएपनि जोखिम भत्ता दिन नसकेको वीर अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले बताए ।

    अस्पतालसँग बजेट नभएकाले सबैलाई जोखिम भत्ता दिन नसकिएको उनको भनाइ छ । यसअघि अस्पतालले स्वास्थ्यकर्मीहरूलाई बजेटको अभाव देखाउँदै एक महिनाको मात्रै जोखिम भत्ता दिएको छ ।  

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - ११:०१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij