Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पछिल्लो २४ घण्टामा ४८७ जनामा थपिए कोरोना संक्रमित , एकको मृत्यु

पछिल्लो २४ घण्टामा ४८७ जनामा थपिए कोरोना संक्रमित , एकको मृत्यु


  • 2.3K
    Shares

    • images
    पछिल्लो २४ घण्टामा ४८७ जनामा थपिए कोरोना संक्रमित , एकको मृत्यु
    images

    पछिल्लो २४ घण्टामा मुलुकभर ४८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार १८८ नमूना परीक्षण गर्दा ४८७ जनामा संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार १ हजार ८०६ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।  

    संक्रिय संक्रमितमध्ये ४ हजार १२३ जना होम आइसोलसनमा, १७५ जना संस्थागत आइसोलेसन, ५० जना आईसीयू र २ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । त्यसैगरी विगत २४ घण्टामा १६४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 
     

     

    प्रकाशित मिति :भाद्र ९ २०७९ बिहिवार - १५:३७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij