Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नरैनापुर सुक्खा क्षेत्र घोषणा

नरैनापुर सुक्खा क्षेत्र घोषणा


  • 1.9K
    Shares

    नरैनापुर सुक्खा क्षेत्र घोषणा

    काठमाडौँ, धान रोपाइँ नभएपछि नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । पन्ध्र प्रतिशत जमिनमा रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै गएपछि गाउँपालिकालाई सख्खा क्षेत्र घोषणा गरिएको अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए ।

    “किसानको मर्म प्रकृतिले पनि बुझेन, नरैनापुरका खेतमा रोपाइँ हुन सकेन्, नेपालगन्जमा परेको पानी नरैनापुरमा पर्दैन”, उनले भने, “मोटर र बोरिङको सहारामा रोपेको धान पनि खेतमै सुक्यो, सुक्खा क्षेत्र घोषणा गर्नुबाहेकको विकल्प रहेन ।” नरैनापुरमा पानीको सङ्कट भएपछि कार्यपालिका बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए ।

    “सिँचाइका लागि डिप बोरिङलगायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरूप डिजलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराइ विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेका छौँ”, उनले भने, “सङ्घ र प्रदेशमा पनि सहयोगका लागि पहल गरिरहेका छौँ ।”

    प्रकाशित मिति :भाद्र ६ २०७९ सोमवार - १५:५४:५७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij