Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

भोर्लेटारमा आगलागीबाट  रु तीन लाखको क्षति

भोर्लेटारमा आगलागीबाट  रु तीन लाखको क्षति


  • 1.6K
    Shares

    भोर्लेटारमा आगलागीबाट  रु तीन लाखको क्षति

    व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।

    विद्युत् सर्ट हुन गई आगलागी हुँदा पसलमा रहेका तरकारी र  फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको हो ।

    व्यास नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, स्थानीयवासीको सक्रिय सहभागितामा आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

    रातका समयमा आगलागी भए पनि जनशक्ति समयमा जुट्दा अन्य क्षति हुनबाट जोगिएको उनले बताएका छन् । 

    प्रकाशित मिति :भाद्र ३ २०७९ शुक्रवार - १०:३७:२० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij