२०८२ माघ ९ गते शुक्रवार
दोहा । ईजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जना शाक्यले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएकी छन् ।
खोप लगाउदै राजदूत शाक्यले हालसम्म ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइरहेको भएपनि छिट्टै सबैलाई खोप दिने ईजरायल सरकारले निर्णय गर्न लागेको बताईन् ।
खोपका लागि स्वास्थ्य विमा अनिवार्य गरिएको सन्दर्भमा बीमा नगरेका सबै ईजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई बीमा गर्न उनले अनुरोध गरेकी छिन् । यस अवसरका लागि सम्पूर्ण नेपालीहरुको तर्फबाट ईजरायल सरकारलाई उनले धन्यवाद समेत दिएकी छिन् ।
फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अहिलेसम्म ईजरायलमा २५ लाख भन्दा बढीले लगाईसकेका छन् । पहिलो चरणमा बढी उमेरका तथा कोभिडविरुद्धको लडाइँमा फ्रन्ट लाइनमा काम गर्नेहरुलाई प्राथमिकताको सूचीमा राखिएको छ।
ईजरायलमा यो खोप निस्शुल्क लिनका लागि स्वास्थ्य विमा संस्थान० मा दर्ता हुनुपर्ने व्यवस्था रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij