Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

बिहेपछि श्रीमान् र श्रीमती अरुतिरै सल्किने समस्याले आत्महत्या गर्ने क्रम बढ्यो, यस्तो छ तथ्यांक 

बिहेपछि श्रीमान् र श्रीमती अरुतिरै सल्किने समस्याले आत्महत्या गर्ने क्रम बढ्यो, यस्तो छ तथ्यांक 


  • 7.2K
    Shares

    बिहेपछि श्रीमान् र श्रीमती अरुतिरै सल्किने समस्याले आत्महत्या गर्ने क्रम बढ्यो, यस्तो छ तथ्यांक 

    काठमाडौं । ललितपुरको लुभुमा डेरा गरी बस्ने सप्तरीका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला अघिल्लो साताको सोमबार मृत भेटिए । बन्द कोठाभित्र लडिरहेको शव नजिकै ‘सल्फस’ विषादीको बट्टा बरामद भयो । दुवैजनाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    महानगरीय प्रहरी परिसर, ललितपुरले घटनामा सागर र निर्मलाको मृत्युबीच फरक परेको समयलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ । पछिल्लो समय परिवारभित्रै देखिएको श्रृंखलाबद्ध हत्या र त्यसपछि आत्महत्याको श्रृंखलालाई ध्यानमा राखेर मृत्युको समयलाई महत्व दिइएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

    यो घटना भएको ११ दिनअघि काठमाडौंको टोखामा सुदिक्षा गिरीले पति उमेश केसीको हत्यापछि आत्महत्या गरेकी थिइन् । त्यसैले लुभुको घटनामा पनि दुईमध्ये एकले विष खुवाएर आफूले पनि खाएको हो कि भन्ने आशंका अनुसन्धान अधिकृतहरुको थियो । तर, लगभग एकै समयमा दुई मृत्यु भएको खुलिसकेको छ । पोष्टमार्टमको लिखित रिपोर्ट भने तयार भइसकेको छैन ।

    टोखा घटनामा सुदिक्षाले सुतिरहेका उमेशको टाउकामा सिलौटाले प्रहार गरेर आफूले पनि आत्महत्या गरेको अनुसन्धान अधिकृतहरुको आशंका छ ।

    गत २६ भदौमा भक्तपुरमा यस्तै घटनामा तीन जनाको परिवारै सखाप भएको थियो । मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीया सम्झना र छोरा सुशान्त ९१५० को शव घरभित्रै भेटियो । भक्तपुर प्रहरी र अपराध महाशाखाको अनुसन्धानले छोरा र श्रीमतिको हत्यापछि सुदीपले आत्महत्या गरेको देखाएको थियो ।

    उता, पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा गत जेठ ७ गते भएको सामूहिक हत्याकाण्डले देशलाई नै स्तब्ध पारेको थियो । खुकुरी प्रयोग गरी भएको सामूहिक हत्यामा दुई परिवारका ९ जनाले ज्यान गुमाए ।

    मृत्यु हुनेमा बमबहादुर फियाक ९७४०, उनकी श्रीमती पुर्सीमाया ९७१०, छोरी मनकुमारी ९३१० र नातिनी श्रेया ९१२० थिए । त्यस्तै, बमबहादुरका ज्वाइँ धनराज शेर्मा ९४१०, उनकी श्रीमती जस्मिता फियाक ९३६०, छोरी मनकुमारी फियाक ९३१० सहित नातिनी योवना शेर्मा ९१३० र मुना शेर्मा ९८० थिए ।

    शेर्मा र फियाक परिवारको वंश नाश भएको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेका वेला २५ किलोमिटर पर रुखमा झुण्डिरहेको अवस्थामा मानबहादुर माखिमको शव भेटिएको थियो । उनी बमबहादुरका कान्छा ज्वाईं ९मनकुमारीका श्रीमान्० हुन् ।

    अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार श्रीमती मनकुमारी साढुभाई धनराजसँग लागेको शंकामा माखिमले पाँचथर हत्याकाण्ड मच्चाएका थिए

    कारण खोज्न प्रहरीलाई सकस

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवर हत्यापछि हुने आत्महत्यामा अपराधको दुवै पक्ष नरहने भएकाले अनुसन्धान प्रक्रिया जटिल हुने बताउँछन् । उनका अनुसार, आफन्तको बयान, घटनास्थलको वस्तुस्थिति, विरलै भेटिने सुसाइड नोट वा मोबाइल फोनको विश्लेषणबाट प्रहरीले हत्याको कारणबारे शंकासम्म गर्ने हो । कतिपय घटनामा त त्यस्तो कुनै संकेत नपाइने उनी बताउँछन् ।

    जस्तै, ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको पिर्का प्रहार गरेर २७ माघ २०७६ मा हत्या भयो । नजिकै कामदार २२ वर्षीय विजय चौधरी झुण्डिएको अवस्थामा भेटिए ।

    चौधरीले नै हत्या गरेको संकेत क्लोज सर्किट (सीसी) क्यामराले देखाएको तत्कालीन ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई बताउँछन् । हत्याको कारण भने खुल्न सकेन ।

    टोखा घटनाको कारण के हो रु उपत्यकाभित्र हुने जघन्य अपराध अनुसन्धान गर्ने विशिष्टकृत इकाइ अपराध महाशाखाका प्रमुख दिपक थापासँग यसको जवाफ छैन । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह पनि यो प्रकरणमा संलग्न दुवै पक्षको मृत्युसँगै कारण पनि रहस्यमै रहेको बताउँछन् ।

    प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा भइरहेको मोबाइल फोन परीक्षणले केही रहस्य खोल्न सक्ने प्रहरीको आशा छ । यद्यपि, हालसम्म मोबाइलको लकसमेत खुलेको छैन ।

    अनौपचारिक कुराकानीमा आउने अनुसन्धान अधिकृतहरु भने उमेश र सुदिक्षाबीच बच्चा नभएको विषयमा विवाद रहेकै कारण अपराध भएको अनुमान गर्छन् । ‘सुदिक्षाको पेटमा एक महिनाको बच्चा रहेको पोष्टमार्टमले देखाउँछ । उमेशले पनि बच्चा नभएको विषयमा जचाएको देखिन्छ’, ती अधिकृतले भने, ‘गर्भ रहेको थाहा पाएपछि विवाद भएको हुनसक्छ ।’

    समाजशास्त्रीहरुका अनुसार श्रीमान–श्रीमती जोडिएको सामूहिक हत्या र आत्महत्याको घटनामा मुख्यतः विवाहेत्तर सम्बन्ध, आर्थिक अभाव र अन्य पारिवारिक झगडा कारण हुने गरेका छन् ।

    पाँचथर प्रकरणमा पनि हत्या आरोपी माखिमको श्रीमती मनकुमारीसँग राम्रो सम्बन्ध नभएको खुलेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मनकुमारी पटकपटक माइतीमा आएर बसेको उनलाई मन परेका थिएन । सम्बन्ध बिच्छेद गर्ने कुरा चलिरहेका वेला मोखिमले श्रीमती साढुभाई धनराजसँग लागेको शंका गर्ने गरेको छिमेकीहरुले प्रहरीलाई दिएको बयानबाट खुलेको छ ।

    ‘श्रीमतीसँग सम्बन्ध विग्रिएपछि तनावमा रहेका उनले मानसिक समस्या सम्बन्धी औषधि समेत खाइरहेको खुलेको थियो’, त्यसवेला अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘घटनाको डेढ वर्ष पहिले श्रीमतीले उनीविरुद्ध चोरीको आरोप समेत लगाएको पाइएको थियो ।’

    भक्तपुरमा भएको अधिकारी परिवारको हत्यामा भने आर्थिक कारण जोडिएको प्रहरी बताउँछ । सुदीप अधिकारीले आर्थिक समस्याका कारण श्रीमती सम्झना र छोरा सुशान्तको हत्यापछि आत्महत्या गरेको पाइएको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् ।

    ‘उहाँले आफन्त र बैंकबाट ऋण लिनु भएको रहेछ, तिर्न समस्या भइरहेको देखिएको थियो’, थापाले भनिन्, ‘फेरि जाँडरक्सी खाने र जुवातासको पनि लत लागेकाले सम्झना र सुशान्तसँग प्रायःजसो झगडा भइरहँदो रहेछ ।’

    प्रवक्ता कुँवरका अनुसार अभियुक्तले नै आत्महत्या गरिसकेको घटनामा प्रहरीले कानुनी प्रक्रिया भवितव्य कसूर अन्तरगत अघि बढाउने गरेको छ । ‘अपराधी नै मरेपछि भवितव्य ज्यान अन्तरगत मुद्दा चलाएर दुई वर्षपछि अदालतमा पठाउँछौं’, एसएसपी कुँवर भन्छन् ।

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १६:२१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij