२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३०३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल २ लाख ७० हजार ९२ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २८५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६४ हजार ८२३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५८४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ५२ हजार ६८७ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा १२२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार २५२ जना रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij