Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

रविभवनबाट लागुऔषधसहित दुई महिला पक्राउ

रविभवनबाट लागुऔषधसहित दुई महिला पक्राउ


  • 6.3K
    Shares

    रविभवनबाट लागुऔषधसहित दुई महिला पक्राउ

    काठमाडौं । प्रहरीले लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ।

    सोमबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१३ रविभवनबाट दुई महिलालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो। सो ठाउँमा लागुऔषध कारोबार भइरहेको भन्ने प्रहरीले पूर्वसूचना पाएको थियो।

    पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका-७ की ३७ वर्षीया रिता खड्का र धादिङ थाक्रे गाउँपालिका-९ की २९ वर्षीय अमृता तामाङ छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतका अनुसार रिताबाट सुरूमा ३ सय १२ ग्राम र अमृताबाट ४०४ ग्राम गाँजा र ५ हजार बरामद गरेको थियो ।

    उनीहरू दुबै जना काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ बलम्बुमा डेरा गरी बस्दै आएको एसपी बस्नेतले बताए । थप अनुसन्धानको क्रममा उनीहरूको कोठा तलासी गर्न प्रहरीको टोली चन्द्रागिरि पुगेको थियो ।

    अमृता तामाङ सुत्ने खाटमुनिबाट प्रहरीले थप लागुऔषध गाँजा ६ किलो ९० ग्राम बरामद गरेको थियो। साथै, ६ लाख ५७ रुपैयाँ समेत बरामद गरेको थियो । उनीहरूबाट प्रहरीले जम्मा ६ किलो ८१६ ग्राम गाँजा र ६ लाख ६२ हजार रुपैयाँ बरामद गरेको छ ।

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १३:१२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij