Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

वीर अस्पतालको निर्माणको काम तत्काल अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

वीर अस्पतालको निर्माणको काम तत्काल अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन


  • 2.7K
    Shares

    • images
    वीर अस्पतालको निर्माणको काम तत्काल अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पतालको निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

    वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री देउवाले वीर अस्पतालको विस्तारित सेवाका लागि भक्तपुरको दुवाकोटमा रहेको भवन निर्माणको कामलाई तत्काल अघि बढाउन निर्देशन दिएका हुन्। दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको काम अघि बढ्न नसकेको भन्दै आफ्नो ध्यानाकर्षण भएको प्रधानमन्त्री देउवाले बताए। 

    सर्जिकल भवनको सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न पनि आवश्यक जनशक्तिको व्यवस्था गर्न उनको निर्देशन छ। भूकम्प र कोरोना जस्तो महामारीमा वीर अस्पतालले उल्लेखनीय काम गरेको भन्दै उनले प्रशंसा गरेका छन्। स्वास्थ्य अत्यन्त आवश्यक भएको भन्दै उनले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न वीर अस्पताललाई आग्रह गरेका छन्। 

    प्रकाशित मिति :श्रावण १२ २०७९ बिहिवार - १२:१५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij