Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो, ३७ हजार कर्मचारीको माग

जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो, ३७ हजार कर्मचारीको माग


  • 8.5K
    Shares

    जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो, ३७ हजार कर्मचारीको माग

    काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ ।

    विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।

    विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी दिएको हो । जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने विभागले जनाएको छ ।

    करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ ।

    विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार २०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिनेछ ।

     

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १४:२७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij