Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नवौँ राष्ट्रिय खेलकुद: तोकियो विषयगत उपसमिति गठन, संयोजक र सचिव

नवौँ राष्ट्रिय खेलकुद: तोकियो विषयगत उपसमिति गठन, संयोजक र सचिव


  • 2.9K
    Shares

    • images
    नवौँ राष्ट्रिय खेलकुद: तोकियो विषयगत उपसमिति गठन, संयोजक र सचिव
    images

    गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विषयगत उपसमितिका संयोजक र सचिव तोकिएको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदै छ।

    नवौँ राष्ट्रिय खेलकुदका लागि समारोह उपसमितिको संयोजकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य एकेन्द्र बहादुर कुँवर तथा सचिवमा शारङिगन निरौला छन्। 

    प्राविधिक उपसमितिको संयोजकमा हिमालराज दाहाल, खेलस्थल व्यवस्थापन उपसमितिमा राजेश गुरुङ, बसोबास व्यवस्थापनमा राजकुमार थापा, अनुशासन समितिमा पेमा लामा, स्वास्थ्य उपसमितिमा बुलन्द थापा छन्। 

    यस्तै यातायात व्यवस्था उपसमितिमा प्रकाश कुसारी, प्रचारप्रसारमा दिपेन्द्र विष्ट, खेलसामाग्री तथा पोशाक व्यवस्थापनमा अन्जन धमाला, स्रोत परिचालनमा सुर्य भण्डारी, स्वंयसेवकमा जनक बर्तौला र एन्टीडोपिङ उपसमितिमा डा। नमिसमान प्रधानलाई संयोजक तोकिएको छ। 

     

    9th_game_in_pkr_ZqKK8fQTWO.jpg

     

    प्रकाशित मिति :श्रावण ४ २०७९ बुधवार - १५:०५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij