Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आधारभूत अस्पतालहरुको संगठन संरचना तयार, कहाँ कति ?

आधारभूत अस्पतालहरुको संगठन संरचना तयार, कहाँ कति ?


  • 2.8K
    Shares

    • images
    आधारभूत अस्पतालहरुको संगठन संरचना तयार, कहाँ कति ?
    images

    सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शैय्याका आधारभूत अस्पतालहरुको नमूना संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २१ गतेको निर्णय अनुसार नमूना संगठन संरचना र दरबन्दी स्वीकृत भएको हो।

    मन्त्रालयले स्वीकृत भएको नमूना संगठन संरचना र दरबन्दी सबै स्थानीय तहलाई पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा असार २७ गते पठाएको थियो।

    सोही पत्रका आधारमा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सोमबार नमूना संगठन संरचना र दरबन्दी पठाएको छ।

    नमूना संरचना र दरबन्दी अनुसार ५ शैय्याको अस्पतालमा ८औं तहका मेडिकल अधिकृतको नेतृत्वमा १८ जना जनशक्ति रहनेछन्। १० शैय्यामा २ जना मेडिकल अधिकृतसहित २२ जना र १५ शैय्यामा ९ वा १०औं तहको नेतृत्वमा ३० जना जनशक्ति रहनेछन्।

    हेर्नुहोस् संगठन संरचना:

    प्रकाशित मिति :श्रावण ३ २०७९ मंगलवार - ११:४२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij