Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

माघ १० गतेदेखि १६ गतेसम्म सहिद दिवसका कार्यक्रम सञ्चालन हुने

माघ १० गतेदेखि १६ गतेसम्म सहिद दिवसका कार्यक्रम सञ्चालन हुने


  • 6.8K
    Shares

    माघ १० गतेदेखि १६ गतेसम्म सहिद दिवसका कार्यक्रम  सञ्चालन हुने

    काठमाडौँ । माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा सहिद दिवसका कार्यक्रम सञ्चालन हुने भएका छन् ।

    महानगरको सभा कक्षमा महानगरका प्रमुख तथा सहिद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम तय गरेको हो । जसअनुसार माघ १० गते बिहान ०८ बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ ।

    त्यस्तै माघ १३ गते बिहान ०८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते बिहान ०८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।

    सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्याण्ड, मार्चपास र सहिदहरुको तस्विर राखिएको बग्गीसहितको प्रभात फेरी सहिद पार्क लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ ।

    सभामा नेपाली सेनाले सहिदको सम्मानमा ‘सम्मान गारद’ अर्पण गर्नेछ । सेनाले त्यसै दिन मध्यान्न १२ बजे एक तोपको सलामी अर्पण गरिनेछ ।

    बैठकमा सहिद सप्ताहका कार्यक्रमका बारेमा जानकारी दिँदै मुल समारोहका संयोजक एवं महानगरका मेयर शाक्यले प्रशासन बिभागलाई निर्देशन दिँदै भने, ‘नागरिकले महसुस हुने र सहिदको सम्मान हुने बिगतमा कार्यक्रमलाई निरन्तरता दिने प्रबन्ध मिलाउनु । दिवसका कार्यक्रम परम्परा धान्नका लागि मात्र नभइ महत्व झल्काउने हुनुपर्छ ।’

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - १५:५९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij