Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म आवेदनमा कोटा सिस्टम हट्यो, यसरी भर्नुहोस् अनलाइन फर्म

ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म आवेदनमा कोटा सिस्टम हट्यो, यसरी भर्नुहोस् अनलाइन फर्म


  • 6.6K
    Shares

    ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म आवेदनमा कोटा सिस्टम हट्यो, यसरी भर्नुहोस् अनलाइन फर्म

    यातायात व्यवस्था विभागले शुक्रबार अर्थात आजबाट सवारी चालक अनुमति पत्र लाइसेन्सको आवेदनमा कोटा सिस्टम हटाएको छ । विभागले विहीबार नै एक सूचना प्रकाशित गरी माघ ९ गतेबाट कोटा सिस्टम हट्ने जानकारी दिएको थियो । 

    यसअघि लाइसेन्सको आवेदन दिदा कोटा सिस्टमले गर्दा सेवाग्राहीलाई झन्झट भएको थियो । अब भने कोटो सिस्टम हटेकाले दैनिक जतिले पनि आवेदन दिन सक्नेछन् । 

    विभागले यसअघि सर्भरमा आएको समस्यालाई समाधान गरिसकेको छ । सिस्टम सुधार भएकाले अब सेवाग्राहीलाई समस्या नहुने विभागको दाबी रहेको छ । 

    यसरी भर्नुहोस् अनलाइन फर्म

    ड्राभिङ लाइसेन्सको अनलाइन फर्म भर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि साइट खुल्छ र साइटको दायाँ साइडमा अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । यति गरेपछि सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

    नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक विकल्प छानेर तल प्रोसिड लेखिएको ठाउँमा क्लिक गर्ने र व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्नु पर्नेछ । 

    त्यसपछि ‘एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ । त्यहाँ ओकेमा क्लिक गर्ने। र, अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फर्म भरिन्छ ।

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - ११:३५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij