Logo

२०७९ आषाढ १५ गते बुधवार

images

नेकपा एकीकृत समाजवादीको बटमलाइन, अब दिन होइन केही घण्टाभित्रै मन्त्री हेरफेर

नेकपा एकीकृत समाजवादीको बटमलाइन, अब दिन होइन केही घण्टाभित्रै मन्त्री हेरफेर

खबर सेन्टर

९ आषाढ २०७९
  • 414
    SHARES
  • images
    नेकपा एकीकृत समाजवादीको बटमलाइन, अब दिन होइन केही घण्टाभित्रै मन्त्री हेरफेर
    images

    नेकपा एकीकृत समाजवादीले अब केही घण्टाभित्रै मन्त्रीहरू हेरफेर हुने दाबी गरेको छ । केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताए ।

    ‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विविध कारणले ढिला भयो । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ,’ उनले भने ।

    उनले पार्टीमा मन्त्रीहरूले फिर्ता हुनका लागि विभिन्न शर्त राखेको भन्दै हल्लामात्रै भएको बताए । ‘पार्टीमा व्यक्तिगत रुपमा कसले कोसँग छलफल गर्‍यो रु के भन्यो भन्ने कुराले अर्थ राख्दैन । पार्टीको निर्णय नै अन्तिम सर्त हुन्,’ उनले भने, ‘पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीको निर्णयभन्दा माथि कोही पनि छैन ।’

    उनले पार्टीमा मन्त्री हेरफेरकै विषयलाई लिएर कसैले विद्रोह गर्ने अवस्थासमेत नरहेको दाबी गरे । ‘हामीले सरकारमा जाने बेला नै छ महिनामा हेरफेर हुने भन्ने सहमति गरेका थियौँ । अहिले त्यसैको कार्यान्वयन गर्न लागिएको हो । पार्टीको निर्णय कार्यान्वयन गर्दा कसैले विद्रोह गर्ने भन्ने हुदैन, अहिले त्यस्तो विद्रोहको कुनै सम्भावना छैन,’ उनले भने ।

    शुक्रबारदेखि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दैछ । त्यस्तै, शनिबार केन्द्रीय कमिटी र असार १३ र १४ गते केन्द्रीय परिषद् बैठक बस्दैछ । प्रचार विभाग प्रमुख खतिवडाले ती नै बैठकका प्रस्तावहरू तयारीका लागि सचिवालय बैठकमा छलफल भइरहेको जानकारी दिए ।

    images
    प्रकाशित मिति :आषाढ ९ २०७९ बिहिवार - १४:५१:११ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार