Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

लगातार तेस्रो जित निकाल्दै नेपाल टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा

लगातार तेस्रो जित निकाल्दै नेपाल टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा


  • 3.1K
    Shares

    • images
    लगातार तेस्रो जित निकाल्दै नेपाल टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा
    images

    एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित निकालेको  छ । आज सम्पन्न खेलमा बहराइनमाथि आठ विकेटको जितसँगै नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    १५ रनको सामान्य लक्ष्य  नेपालले ३.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि सीता राना मगरले चार तथा कविता जोशीले अविजित तीन रनको योगदान दिए ।

    बहराइनका लागि पवित्रा सेट्टी र भिलिसटा बार्बोजाले एक/एक विकेट लिए । त्यसअघि मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित सात ओभरमा सात विकेट गुमाउँदै १४ रन बनायो । वर्षाका कारण समयमै टस हुन नसकेपछि खेललाई सात ओभरमा झारिएको हो। 

    बहराइनका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका लागि इशारा सुहुनले सर्वाधिक ६ रन जोडिन् । नेपालका लागि सबनम राई र कविता कुवँरले दुई र दुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिए ।  

    यो जितसँगै समूह ‘बी’ को नेपाल तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा कायम छ । यसअघि यसअघि नेपालले भुटानलाई ५० र कुवेतलाई २५ रनले हराएको थियो। 

    पराजित बहराइन समान खेलबाट एक अंकका साथ चौथो स्थानमा छ। यसअघि बहराइनले कुवेतसँगको खेल बिना नतिजा टुंग्याउँदा हङकङसँग आठ विकेटको पराजय बेहोरेको थियो।  

    अब समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार हङकङ तथा बहराइनले बुधबार भुटानको सामना गर्नेछन् ।

    प्रकाशित मिति :आषाढ ६ २०७९ सोमवार - १२:१०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij