Logo

२०७९ आषाढ १५ गते बुधवार

images

पेट्रोल र डिजेलको खरिद मूल्य २०० रुपैयाँ नाघ्यो (नयाँ मूल्यसूचीसहित)

पेट्रोल र डिजेलको खरिद मूल्य २०० रुपैयाँ नाघ्यो (नयाँ मूल्यसूचीसहित)

खबर सेन्टर

२ आषाढ २०७९
  • 4.1K
    SHARES
  • images
    पेट्रोल र डिजेलको खरिद मूल्य २०० रुपैयाँ नाघ्यो (नयाँ मूल्यसूचीसहित)
    images

    काठमाडौं । नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा उच्च वृद्धिसहितको इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ ।

    भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । बढेर आएको मूल्य अनुसार निगमले बजार मूल्य समायोजन गर्न बाँकी छ ।

    निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मट्टितेलमा १४७ रुपैयाँ ९९ पैसा लगात पुगेको छ । यो हालसम्मै उच्च मूल्य भएको निगमको भनाइ छ । नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ । बढेको मूल्यसँगै निगमको प्रतिलिटर घाटा पनि चुलिएको छ । अहिलेको बिक्री मूल्यअनुसार पेट्रोल र डिजेलमा घाटा प्रतिलिटर क्रमशः ३१ रुपैयाँ २८ पैसा र ३७ रुपैयाँ १६ पसा पुगेको छ ।

    images
    प्रकाशित मिति :आषाढ २ २०७९ बिहिवार - १८:५३:०२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार