Logo

२०७९ आषाढ १५ गते बुधवार

images

फिफा विश्वकप फुटबल: ३२ देशको लाग्यो टुंगो, कुन समूहमा को ?

फिफा विश्वकप फुटबल: ३२ देशको लाग्यो टुंगो, कुन समूहमा को ?

खबर सेन्टर

१ आषाढ २०७९
  • 673
    SHARES
  • images
    फिफा विश्वकप फुटबल: ३२ देशको लाग्यो टुंगो, कुन समूहमा को ?
    images

    काठमाडौं । सामान्यतया गर्मी मौसममा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकाले विश्वकप जाडो महिनामा सारियो ।

    कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै टुंगो बल्ल लागेको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई १-० ले हराएर कोस्टारिका विश्वकपमा स्थान बनाउने अन्तिम टिम बन्यो ।

    फिफाले यसअघि नै विश्वकपको समूह विभाजन सार्वजनिक गरिसकेकाले कोस्टारिका कठिन समूहमा परेको छ । स्पेन, जर्मनी र जापान रहेको समूह ‘ई’ मा कोस्टारिका परेको छ ।

    कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

    २२औं संस्करणको पिफा विश्वकप कतारको ५ सहरको ८ मैदानमा खेलाइनेछ । उद्घाटन खेल समूह ‘ए’ मा रहेका नेदरल्यण्ड्स र सेनेगलबीच हुनेछ ।

    कुन समूहमा कुन टिम?

    समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

    समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

    समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

    समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

    समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

    समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

    समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

    समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

    images
    प्रकाशित मिति :आषाढ १ २०७९ बुधवार - १२:३१:४१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार