Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पछिल्लो २४ घण्टामा थपिए ३१८ संक्रमित, थप ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ३१८ संक्रमित, थप ६ जनाको मृत्यु


  • 5.9K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ३१८ संक्रमित,  थप  ६ जनाको मृत्यु
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा बुधबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ ।

    त्यसैगरी २४ घण्टामा ३८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय ९३ छ ।

    मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २६ हजार ७ सय २६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ७२ रहेको छ ।

    कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७५ जना रहेको छ ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १६:४६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij