Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भान्सामा राखेको भरूवा बन्दुक पड्किँदा एकको मृत्यु

भान्सामा राखेको भरूवा बन्दुक पड्किँदा एकको मृत्यु


  • 8.1K
    Shares

    भान्सामा राखेको भरूवा बन्दुक पड्किँदा एकको मृत्यु
    images

    पाल्पा । पाल्पामा भरूवा बन्दुक पड्केर बुधबार एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । आज बिहान ३ बजे बन्दुक पड्किएको आवाज सुनिएको थियो ।

    मृतकका दाजु नरबहादुरले बन्दुक पड्किएको आवाज सुनेपछि घटनास्थल पुगेका थिए । मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका पचभैयाले बताए ।

    मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १६:०१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij