२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । नक्कली पिसिआर रिपार्ट बनाएर दुबई जान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी–५ घर भएका सुदिप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट सहित मंगलबार साँझ पक्राउ गेरको प्रहरीले जनाएको छ ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij