२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । टोखामा दम्पति एकै चिहान भएको महिना दिन बित्न नपाउदै फेरी ललितपुरमा अर्को जोडीले बिष सेवन गरेर संगै प्राण त्यागेका छन् ।
आफ्नो यौनाङ्गले काम नगर्ने हुँदा हुँदै श्रीमती गर्भवती भए पछि टोखा हत्याकाण्ड मच्चिएको थियो। उता ललितपुरमा मृत भेटिएका दम्पति झन् अल्लारे उमेरका भएको प्रहरीको भनाई । उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख (एसएसपी) किरण बज्राचार्यले दम्पती मृत भेटिएको र अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताइन् ।
उनले कोठाभित्र स्लफर नामको विषादीको बट्टासमेत फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने भन्दै अनुसन्धान सोही दिशामा केन्द्रित गरेको बताइन् ।
‘मृतक दम्पतीसँगै कोठामा स्लफर नामक विषादीको बट्टासमेत फेला परेको छ, अहिले अनुसन्धान यही दिशामा केन्द्रित छ’, एसएसपी बर्जाचार्यले भनिन्, ‘पोस्टमार्टमको रिपोट आएपछि मात्रै के हो भन्न सकिन्छ ।’
गतवर्ष फागुनमा विवाह गरेका सागर र निर्मलाको शव बन्द कोठाभित्र भेटिएको हो। पोखरेल भेटेनरी सामानका सप्लायरको काम गर्दै आएको प्रहरीले जनाएको छ ।
उनीहरुसँग बाबआमा पनि बस्दै आएको थिए। शुक्रबार उनीहरुका बाबाआमा आफ्न्तकोमा गएको मौका पारेर आइतबार राति विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती घरभित्रै मृत भेटिएका थिए । उक्त घटनामा पत्नी सुदीक्षा गिरीले नै पति उमेश केसीको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij