Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

युएईस्थित दूतावासको कन्सुलर सेवा अनिश्चितकालको लागि बन्द, कर्मचारीलाई कोरोना संक्रमण

युएईस्थित दूतावासको कन्सुलर सेवा अनिश्चितकालको लागि बन्द, कर्मचारीलाई कोरोना संक्रमण


  • 20.7K
    Shares

    युएईस्थित दूतावासको कन्सुलर सेवा अनिश्चितकालको लागि बन्द, कर्मचारीलाई कोरोना संक्रमण

    दोहा । संयुक्त अरव ईमिरेट्स (यूएई)स्थित नेपाली दूतावासमा कार्यरत केही कर्मचारीलाई कोभिड-१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू बन्द गरिएको छ ।

    दूतावासले एक सूचना जारी गर्दै सेवा लिन आउनेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएकाले  कन्सुलर सेवाहरु माघ ६ गतेदेखि केही दिनका लागि बन्द गरिएको जनाएको छ ।

    दूतावासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरण लगायतका अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको छ । 

    अत्यन्त जरूरी एवं भौतिक उपस्थिति विना लिन सकिने सेवाहरू भने यथावत प्रदान गरिएको दूतवासले जनाएको छ। यसका लागि दूतावासको फोन नम्बर ०२६३४४ ३८५ र ईमेल eonabudhabi@mofa.gov.np मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    uae.jpg

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १३:१७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij