Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

काठमाडौंमा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप

काठमाडौंमा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप


  • 3.6K
    Shares

    • images
    काठमाडौंमा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप
    images

    काठमाडौं महानगरपालिकामा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप लगाइनेछ । हिजोबाट सुरु भएको खोप अभियान भोलि (शनिबार)सम्म तीन दिन चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । 

    मोर्डना र फाइजर खोप दिइरहेको महानगरपालिकाले जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप दिने व्यवस्था मिलाइएको छ । पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोर्डना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिइरहेको महानगरले जनाएको छ ।  

    दोस्रो डोज वा बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेले परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले जनाएको छ । 

    प्रकाशित मिति :जेठ १३ २०७९ शुक्रवार - १३:००:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij